•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ,
आफ्नो भूमिमा प्रवेश गरेको आरोपमा भारतले एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ।

बीबीसीका अनुसार पूर्वी लद्दाखको डेमचक क्षेत्रबाट भारतीय सेनाले चीनका एक सैनिक पक्राउ गरेको हो।ती चिनियाँ सैनिकले सीमाको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ आएको भारतीय सेनाको आरोप छ।

भारतीय सेनाका अनुसार चीनको पिपुल्स लिवरेसन आर्मी ९पीएलए० लाई उक्त सैनिकका विषयमा जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ। त्यसपछि निर्धारित नियमबमोजिम उनलाई फिर्ता गरिने छ।ग्लोबल टाइम्सका अनुसार पीएलए वेस्टर्न थिएटर कमान्डका प्रवक्ताले भनेका छन्( हामीलाई आशा छ, भारतले आफ्नो वाचा पूरा गर्नेछ र हाम्रा सैनिक फिर्ता गर्नेछ। साथै सातौँ चरणको सैन्य(कूटनीतिक वार्ताको सहमति लागू गर्न चीनसँग मिलेर काम गर्नेछ र सीमा क्षेत्रमा शान्ति कायम गर्ने दिशामा लाग्नेछ।

केही महिनायता भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा विवाद भइरहेको छ। खासगरी गत जुन १५ तारिख त्यहाँको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंस्रक झडप भएयता दुई देशबीच तनाव भइरहेको छ।

त्यस झडपमा भारतका २० सैनिक मारिएका थिए। तर चीनतर्फ के कति हताहती भए वा भएनन् भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

उक्त झडपपछि दुई देशका सैनिकबीच पटकपटक वार्ता गरी झगडा नगर्ने सहमति गरिए पनि बेलाबेला दोहोरो फायरिङ भइरहेका छन्। तर पनि दुई पक्षबीच सहमतिका लागि प्रयास जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here