•  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्व माओबादी केन्द्र, र पुर्व एमाले पाटि मर्च गरि बनेको (ने.क.पा.) पार्टीले जनताको एजेन्डा को नाममा झुटको खेति गरि जनतालाई झुक्याएर बहुमत प्राप्त गर्ने खेल थियो , आम नेपालि जनताले सत्य कुरा बुझिसकेका छन् कि दुई पाटी मिलेको नाटक गरि जनतालाई भ्रममा पारेर झुटा एजेन्डाहरु घोसणा पत्रमा समावेस गरी निर्वाचनमा दश औंला जोडी भोट माग्दै ठुला- ठुला कुरा गरी जनतालाई मख्ख बनाई विस्वास जित्न सफल भए, आम नेपालि जनतालाई ठुलो विस्वास थियो अब यी दुई ठुला पाटि एकता गरेर आएका छन्

देशका लागि केहि निकास दिन्छन् भनेर, त्र बिडम्वना नेपालि जनाताले कल्पना गरेको भन्दा फरक आए परिणाम, स्व पाटीका अर्का अध्यक्ष केपी शर्मा ओली ले संचालन गरेको धाई बर्षको सरकारले गरेको कामकार्वाहिले प्रष्ट पार्दिएको छ, जनताले बुझ्ने धेरै मौका पाएँ, (नेकपा) सरकारले जनहित अनुसार काम गर्न सकेन त्यसैले गर्दा जनताले हाम्रो सरकार हो भन्ने महसुस गर्न पाएनन्, सरकार संचालन गरेको पाटीको प्रधानमन्त्री ज्यु ले जनताबाट विस्वास गुमाउदै जानु भयो |

विश्वासको बातावरण सरकारले बनाउन सकेन जनताले दिएको जनमतलाई दुरुपयोग गरेकै कारण जनताबाट बहिस्कृत हुन आउने अवस्था खतरा छ | अरुलाई पार्छु भनेर खनेको खाल्टोमा आफै पर्ने खतरा पनि देखिन्छ, त्यसकारण त्यो खाल्टो बेलैमा नपुरे नेकपा त्यहि खाल्टो को भुमरीमा परेर पुर्व राजा ज्ञानेन्द्र शाह जस्तै गरी जनताको नजरबाट सधैको लागी गिर्दै समाप्त हुने दिन नआउँला भन्न सकिन्न। आज नेपाल सरकारले नेपालि जनताको सुरक्षाको निम्ति कोरोना भाईरस को बिरुद्वमा सचेत हुदै लड्दै अगाडी बढ्नु पर्ने बेलामा अहिले पाटी भित्र देखिएका किचलो गाईजात्रा रमिते देखाउंदै लडिरहेका छन् | आजको आवश्यकता विवाद गरेर वस्ने बेला होईन, ( बिप्लव जनताको ने.क.पा.) लाई प्रतिबन्ध लगाउने बेला होइन, खुलेआम रुपमा भ्रष्टचारी लाई संरक्षण गर्दै प्रोत्साहन दिने बेला पनि होईन, जघन्य अपराधि, बलात्कारी, ह्वाईट बढी काण्डा का नाइके, सुन काण्डाका गिरोह, बालुवाटार ललिता निवास सरकारी जग्गा काण्डा, पुर्व संचारमन्त्री गोकुल वास्कोटा ७० करोड काण्डा, स्वास्थ्य सामाग्री माथि भएको चरम खालको अनिमिएता गर्ने कुख्यात अपराधि हरुलाई जोगाउँदै स्वएम आफु भ्रष्टको नाइके बन्दै उखान टुक्काको भरमा देशलाई कंगाल बनाउने बेला होईन यो समय | त्यसैले गर्दा आम नेपालि जनताको मर्म र भावना लाई गदर गर्दै अगाडि बढ्नु पर्ने थियो त्र जनताकै एजेन्डालाई छोडेर व्याक्तिगत स्वार्थको लडाईमा हावी भएकै कारण जनताले यो नेकपा को सरकारको विकल्प खोज्नु पर्ने बाध्य भएका छन् |

हिजो नेपालि जनताले जुन आशा गरेका थिए, त्यहि आशा बमोजिम बहुमत दिएर सिंहदरबार भित्र पठाए, त्र नेपालि जनताले रगत र पसिना बगाई श्रम गरेर तिरेको करबाट तलव भत्ता खाएर जनताको रगत र पसिना माथि होलि खेल्दै जनता मार्नु को लागि विकास को नाममा देशलाई बिनास गर्न क्रान्तिकारी हरुलाई प्रतिबन्ध लगाउन, अधुरो शान्ती प्रकृयालाई सडकमा छोडेर रमिता देखाउँदै सरकारमा बसेर भ्रष्टाचार गर्नको लागि निर्वाचनमा बहुमत दिई बिजय गराएर सिंहदरवार पठाएको होईन दलालहरु होसियार। फेरि यी दलालहरुको विरुद्ध एकजुट भई एक पटक लड्ने बेला भयो ।

जो हिजो गणतन्त्र प्राप्तिको लागि १७ हजार शहिद भए भने हजारौ बेपत्ता भए, १३ हजार अंगभंग भए, जनताका जनमुक्ती सेनालाई बलिको बोका बनाएर अपमान गरि बिदेशि सँग लम्पसार परेर आत्मसमर्पण गर्दै कौणिको भाउमा बेच्ने दलालहरु आज यहि योद्धाहरुले लडेर ल्याएका परिबर्तन माथी रहेर हालीमुहाली गर्दैछन् भने फेरि त्यही योद्धा हरुलाई र जनतामाथी अपमान गर्दै दलालगरुले गरेको अन्याय अत्याचारलाई सहेर बस्न सक्दैनौँ।
बहिर्गमित जनमुक्ती सेना नेपाल
राजन थापा (सुवास)
प्रवक्ता तथा उपाध्यक्ष

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here