•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ,

बलात्कारका आरोपित महोत्तरीको भङ्गाहा नगरपालिका ९ का वडासचिव मिथिलेश यादव कारागार चलान भएका छन्। सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनुवाइले यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो।

बलात्कारका आरोपी यादवको मुद्दामा जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो।

भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here