•  
  •  
  •  
  •  
  •  
  •  
  •  

“यहाँ भित्र”

ईतिहासका गल्ती बाट नसिक्नेहरु,
शान्तिको यात्रामा युद्ध बोलाए,
घर देखाएर बनबास पठाउनेले,
शरीर देखाएर शिर लुकाए यहाँ।

जिब्रोको स्वादमा रमाउनेले,
आफु जस्तैलाई शिकार गरे,
आश्वसनको बल्छी फाल्ने ले,
आफ्नै अंगलाई खान थाले यहाँ।

दुई खोला कटाएर खोज्नेहरु,
आफ्नैलाई सिमाना लगाए,
फलेको वृक्षलाई झै,
सत्य निष्ठामा प्रहार गरे यहाँ।

साँचो बोल्दा पनि झुट हुनु पर्ने,
युग नै कलियुग भयो,
सुनाउने भन्दा सुन्ने भए लाक्षी,
सत्य शेषलाई पनि लगाए आगो यहाँ।

धन हुनेलाई मन नहुने खै,
रीत हो कि चलन हो,
दबाई भनेर बिष दिने चिकित्सकले
आफ्नै छोराको अंग लिलाम गरे यहाँ।

बुद्धत्वका सपना देखाउनेले,
जंगेको शासन भित्र रमाए यहाँ
आफ्नै सस्कारलाई धितो राख्नेहरुले,
के पाप के धर्म छुट्टाउन छाडे यहाँ।

वीरबल खड्का
धनकुटा हाल दोहा कतार।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here