•  
  •  
  •  
  •  
  •  
  •  
  •  

घर बालेर आगो ताप्नेलाई,
आमा बेचेर स्वास्नी पाल्ने,
गोडा माथी चढेर भारी बोक्ने
एकता टुटाएर भाग खोज्नेलाई।
खै के भन्नौ म।

बुझ्नेलाई इसारा नै काफी हुने,
शब्दले स्पर्श नगर्ने भयो,
जिताउन हैन हराउन,
युद्धमा खाली हात पठाउने लाई।
खै के भन्नौ र म।

छलकपटमा बाचेकाले
देखावटी माया भित्र सम्बन्ध साईनो,
विश्वासलाई लीलाम गरेर
मित्रताको मर्म नबुझ्ने लाई।
खै के भन्नौ र म।

बादलको सीमान राखेर श्रेस्ता कोर्नेहरु
स्वार्थ पुराहुदा सम्बन्धलाई राम्रो देखे
प्रतिकुलता भित्र अवसर खोज्नेले,
धमिलो पानीमा माछा मार्न पल्केकालाई।
खै के भन्नौ र म।

हासेर बाच्न सिक आजलाई,
शास हुदा नै बुझन सक,सबै
बजार छन सुख बेचेर दुख किन्ने,
भलै जगतको कल्याण बिर्सनेलाई।
खै के भन्नौ र म।

मौसम जस्तो बदलिनेले,
फसलको जस्तो बर्बाद पारे,
बिकृतिलाई सस्कृति मानेले,
आस्था रविश्वासलाई बिर्सीए।
खै के भन्नौ र म।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here