• 63
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

शैलुङ गाउपालिकाको प्रमुख भरत दुलालको राजिनामा माग गर्दै नेपालि कांग्रेस शैलुङ गाउपालिकाले ६ बुँदे माग पत्र गाउपालिका प्रमुख समक्ष बुझाइएको छ । कात्तिक २१ गते सभापति दावा लामाको संयोजकत्वमा बुझाइएको हो ।

गएको केहि महिनामा प्रमुखले आफ्नो सामाजिक संजालमा केहि युवतीहरु सित अश्लिस शब्दहरु प्रयोग गर्दै आफ्नो बिना कपडाको शरीर देखाएको र महिलाको गोप्य अंग देखाउन बिन्ति गरेको मेसेन्जर च्याट सहितको सामाग्रीहरु भाइरल भएको थियो । दुलालले भने आफु जोगिन आफ्नो फेसबुक खाता कसैले कब्जा गरि पैसाको कुरा गरेको र विभिन्न षडयन्त्र आफु माथि भएको कुरा आफ्नै सामाजिक संजाल मार्फत उल्लेख गरिएको थियो ।

त्यस्तै विश्वभर माहामारी फैलिएको कोभिड कोरन कोष , खाने पानि समबन्धि, सवारीसाधन तथा व्यवसायमा चर्को कर असुली , कोभिड ब्यबस्थापन मा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्तामा विभेद, मुर्ति काण्ड, ड्रम खरिद आदि काण्डको विभिन्न आरोपहरुमा प्रमुख  दुलाललाई मुछिएको छ ।

नेपालि कांग्रेस शैलुङ गाउँपालिकाले , शैलुङ गाउँपालिका लाइ राखेका ६ बुंदे मागहरु ..–

१. शैलुङ गाउँपालिका अध्यक्ष ज्यु को बिभिन्न सामाजिक संजाल ,अनलाइन पोर्टल हरु तथा समाचारहरु मार्फत एक महिला संग नग्न तस्बिर सहित अश्लिल संवाद गरेको भनि प्रकासित ,प्रसारित सामाग्रिहरुले ध्यानाकर्षण गरेको छ। गाउँपालिका अध्यक्ष जस्ती गरिमामय पदमा रहेको व्यक्ति को यस्तो अनैतिक कार्य बाहिर आउँदा सार्बजनिक व्यक्तिको नैतिक आचरणको बिपरित भएको कारण गाउँपालिकाको गरिमा बचाउन ,जनमतको कदर गर्न तथा सो कुराको निष्पक्ष छानबिनको लागि सहयोग पुर्याउन तत्काल गाउँपालिका अध्यक्ष पदबाट राजिनामा दिनको लागि अनुरोध गर्दछौ। सार्बजनिक व्यक्ति तथा निकायको नैतिकताको पक्षमा साथै गाउँपालिकाको गरिमा बचाउन नेपालि कांग्रेस सदैब प्रतिबद्द रहेको जानकारी गराउदै निर्लज्जतापूर्वक पदमा रहने हो भने नेपालि कांगेस चरणबद्द आन्दोलन गर्न बाध्य हुनेछ।

२. जनताको सेवा सुबिधा बढाउने कुरालाई बेवास्था गरेर अहिले जनता माथिनै महँगो करको भार थोपर्ने कार्य भएको छ। कोभिड संक्रमणको त्रासमा ब्यबसाय डामाडोल भैरहेको बेला उनीहरुको स्थिति सुधारको लागि गाउँपालिका ले राहतको कार्यक्रम ल्याउनुपर्नेमा उल्टै घर तथा व्यवसायमा चर्को कर लगायर झन् मार पारेको छ। सो अबैज्ञानिक कर फिर्ता गरि ब्यबहारिक कर लागु गरियोस ।

३ .लामो समयसम्म बन्द भएर घाटा व्यहोरिरहेका मालसामान ढुवानी गर्ने सवारीसाधन हरुमा चर्को कर अशुली रहेको छ। एकातर्फ सडकको दुरावस्था अर्कोतिर कर बढ्नु निकै अप्राकृतिक भएको कारण सवारीसाधनमा लगाइएको कर तत्काल घटाइयोस।

४. कोभिड नियन्त्रणका नाममा लाखौ रकम खर्चिय पनि अहिले सम्म  शैलुङ गाउँपालिकामा भरपर्दो क्वारेन्टाइनहरु तयार गरिएका छैनन। परिक्षणमा जनताको पहुँच छैन। अहिले सम्म कोभिड लक्षित अस्पताल तोकिएको छैन जसका कारण जोखिमका गम्भीर सम्भावना रहिरहेको छ। केहि तयारी छैन भने लाखौ रकम किन खर्चिएको हो ? त्यसको स्पष्ट हिसाबकिताब जनतालाई देखाइयोस।

५. कोभिड संक्रमण बाट बच्न अहोरात्र खटिएका कर्मचारी हरुलाई प्रोत्साहन भत्तामा गरिएको बिभेद बन्द गरियोस।

६ .शैलुङ गाउँपालिकाका बजेट सम्बन्धि योजना सोहि क्षेत्रमा खर्च गरिएको छ कि छैन ?तिनीहरुको प्रगति बिबरण के कस्तो छ ?तत्काल सार्बजनिक सुनुवाई आयोजना गरियोस।

 

शैलुङ गाउँपालिका ले बुझाएको मागपत्र !!!

  • 63
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here