• 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

प्रदेशमा हुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको तिहार मुलत एसियाका मध्य पुर्वका अरब राष्ट्रमा रोजगारका लागि आएका नेपालीको तिहारको भाईटिकालाई जोडेर चर्चा गर्न चहान्छु।

घरपरिवारमा एउटा सदस्य टाढा हुदा उसको याद र सम्झाना परिवारले र विदेशीने सदस्यले परिवारको याद र सम्झाना गर्नु स्वभाबिकै हो।मुलत अज भन्ने हो भने हाम्रो महान चाड तिहारमा बिशेष गरेर माईति चेलीको सम्बन्ध सधै झन प्रगाण समधुर बनाउने भाईटिकामा टाढा हुदा दिदी बहिनीले दाजुभाईको र दाजु भाईले दिदी बहिनीको याद तथा सम्झाना झन धेरै हुने गर्छ। यसरी नै अहिलेको तिहार कोरोना महामारीको बिचमा भए पनि साबधानी र शतर्कता अपनाउदै बिगतको झै तिहारको रोनक र चहल पहल देख्न सकिन्छ । यसै सन्दर्भमा कसैले बिगतलाई सम्झदै कसैले प्रत्यक्षरुपमा टिका लगाएर मनाई रहेका छन।

प्रसङ्ग अरब आउने नेपालीहरु दशक पहिला युवा पुरुषहरू मात्र रोजगारका लागि आउने गर्थे यसरी बिदेशीयका युवा बिगतमा चाड पर्बमा साथी भाई रुम मै दु:ख सुख आपसी कुरा कहानी सगै शुभकामनामै सिमीत भएर चाडपर्ब मनाउथे तर आज भोली फरक भएको छ किनकी एका एक नेपाल बाट नेपाली दिदी बहिनीहरु पनि वैदेशिक रोजगारको लागि (अरब देश )कतार,साउदी,ओमन,कुबेत बहराईन युएईमा अत्यादिक रहेका छन् यसरी नेपाली दिदी बहनीको बाक्लो उपस्थिती र न्यून संख्या भए पनि नेपालीहरुले आफ्नो परिवार पनि ल्याउने गरेका छन् जसले गर्दा आज भोलीका दिनमा अरबमा पनि समय अनुसार आउने हाम्रा महान चाडपर्बमा वैदेशिक रोजगारमा हामी रहदा पनि आफ्नो नियमित काम बाट समय मिलाउदै चाडबाडमा आपसी साथी भाई मिलेर सामुहिक तवरले मनाउने गरिएको पाईन्छ र जसले भाईटिकामा पनि यहाँ छुटै रनक देख्न सकिन्छ।

तिहारको कुरा गर्दा आज कतिपय ईच्छा मन भएकाहरुले काम व्यस्थ हरुले पनि काम पश्चात् र धेरैले सामान्य छुट्टी मिलाउनेहरुले आपसी भेटघाट गर्दै सामुहिक तबरले आपसमा मनाई रहेका छन् बिदेश आएका दिदि बहिनी बाट टीका लगाउने दिदी बहिनीहरुले पनि सेल रोटी अचार लगाएतका परिकार पकाउने आसपासमा बाढेर खाने गरिन्छ कता कता मलाई ता नेपालको काठमाडौं स्थीत रानी पोखरीमा दाजु भाई र दिदी बहिनी नहुनेले टीका लगाए झै दिदी बहिनी र दाजु भाईको बिदेशमा पनि कति पय ठाउमा त्यसतै प्रकृतिको चहल पहल जमघट देख्न सकिन्छ र आज नेपाली दिदी बहिनीको बाक्लो उपस्थितिले बिदेशमा पनि विशेष गरेर तिहार र तिजमा जन विशेष हुने गरेका छन हामी नेपाली हरु बिशेषगरेर कम्पनीको काम गर्ने गर्छौ र कम्पनीमा कतै न कतै बाट एक दुई नेपाली दिदी बहिनी जनु सुकै काम्पनीमा भेटिनु हुन्छ र हामी आपसमा तिहारको भाईटिकमा टीका लगाउने र दिदी बहिनीले पनि सेल रोटी पकाएर लैदिने र आपसी खुसीहाली सट्टासाट गर्दै तिहार मनाई रहेका छौ तसर्थ कतारमा पनि आज तिहार भाई टिकाको रोनक देख्न सकिन्छ सम्बन्धीत देशको नीति नियम भित्र रहेर पनि शान्ति पुर्वक आफ्ना मौलिक सास्कृतिक चाड पर्व मनाउने नेपाली दाजु भाई दिदी बहिनीहरुक यो महान मनलाई हृदय देखि नै सलाम गर्दै सबैमा शुभकामना।

  • 19
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here